आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड

काठमाडाैं | साउन १८, २०८०

आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड

काठमाडौं:    आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौंको आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक झण्डै एक सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।


काठमाडौं उपत्यकाका अरु अस्पतालसँगै विभिन्न जिल्लाका अस्पतालमा पनि बिरामीको भिड छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो ।


सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन ।


डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको आग्रह छ ।


आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्